सेलिब्रिटी एलिजा गौतम भन्छिन्- राजनीतिमा केही गरेर देखाउने सोचमा छु – Nepal Press
नेपाल टक

सेलिब्रिटी एलिजा गौतम भन्छिन्- राजनीतिमा केही गरेर देखाउने सोचमा छु

काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुने पात्रमा पर्छिन् एलिजा गौतम । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी उनी आफैंमा सेलिब्रिटी हुन् । अब त नेतासमेत भएकी छन् ।

केही दिनअघि एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिन् । मन्त्री बन्ने चर्चासमेत चल्यो । अनि त के थियो, ट्रोलरहरुलाई मसला मिलिहाल्यो ।

यद्यपि ट्रोलसँग डराउने व्यक्ति होइनन् एलिजा । उनी त ट्रोलसँग रमाउँछिन् । चर्चित व्यक्तिकै ट्रोल हुने उनको बुझाइ छ ।
फिल्मदेखि म्युजिक भिडियोसम्म र टेलिभिजनदेखि राजनीतिसम्म खुट्टा राखेकी एलिजा गौतमसँग नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा :

– तपाईं राजनीतिमा प्रवेश गर्नुको खास कारण के हो ?

म समाज सेवामा एकदमै रुचि भएको मान्छे हो । समाज सेवा सँगसँगै राजनीतिमा पनि प्रवेश गर्ने सोच बनाइरहेकी थिएँ । ढिलोचाँडो राजनीतिमा आउनु नै थियो । यही समय उचित लागेर प्रवेश गरेकी हुँ ।

पछिल्लो समय त कलाकारिताका धेरैजना राजनीतिमा प्रवेश गरिरहनुभएको छ । जनतामा पहिला जस्तो यो कलाकार, यो फलानो, यसले राजनीतिमा आएर के नै गर्छ र भन्ने सोच छैन । कुर्सीमा थपक्क बस्नेभन्दा काम गर्न हात बढाउने युवाहरुको खोजीमा छ देश । युवाहरुको प्रवेश भइरहेको पनि छ । युवाहरुको प्रवेशसँगै केही हदसम्म विकास भएको महसुस भइरहेको छ ।

यस्तो समयमा हामी जस्ता युवाहरु सक्रिय नभए को हुने त ? त्यही भएर पनि म राजनीतिमा लागेकी हुँ । त्यहीमाथि मेरी आमा पनि यसै क्षेत्रमा काम गरिरहनुभएको छ । गाउँको सभापति हुनुहुन्थ्यो । त्यही माहोल देख्दै, हेर्दै हुर्केको भएर पनि होला मलाई राजनीतिप्रति सानैदेखि चाह थियो ।

– किन ठूलो पार्टी नरोजेर नागरिक उन्मुक्ति नै रोज्नुभयो ?

सबैजनाले ठूलै पार्टी भनेर हिँड्ने कुरा हुँदैन । हामी जस्ता युवाहरुले सानो पार्टीलाई उठाउने काम गर्नुपर्छ । हामीले त हो गर्ने ! एक त पार्टी सानो र ठूलो भन्ने नै हुँदैन । कसको योजना कस्तो छ, कसले देशको भविष्य सोचेको छ, कसले जनताको हितको लागि काम गर्छ भन्ने हो । मलाई उहाँहरुको कुरा मन पर्‍यो, उहाँहरुको टार्गेट अनि विचार मनपर्‍यो । त्यसैले नागरिक उन्मुक्ति रोजें ।

– पार्टीमा ल्याउन तपाईंसँग कसले कुराकानी गर्नुभएको थियो ?

मलाई पार्टीमा ल्याउन कसैले जोड गर्नुभएको होइन । म आफैं इच्छुक भएकाले यो कदम चालेकी हुँ । उहाँहरुले कुरा राख्नुभयो, मलाई उहाँहरुको सोच मनपर्‍यो । अनि पार्टी प्रवेश गरें ।

मैले राम्रो काम गरें, जनताको मन जितें भने उहाँहरुले पछि यो हामीलाई काम लाग्ने मान्छे हो, यसलाई छान्दा हामी जनतालाई फाइदा हुन्छ भनेर सोच्ने हो । पदको ट्यागमात्र लिएर के नै हुने हो र ? त्यसैले अहिलेसम्म यो पद, त्यो पद भन्ने केही कुरा नै भएको छैन ।

– तपाईंलाई नागरिक उन्मुक्तिबाहेक अरु कुन-कुन पार्टीको अफर आयो ?

मलाई नागरिक उन्मुक्तिबाहेक अरु दुई-तीनवटा ठूला दलहरु, जस्तैः कम्युनिष्ट, कांग्रेस आदिबाट पनि अफर आएको थियो । तर, मलाई भने यता नै मनपर्‍यो ।

– ठूला अनि सरकारमा रहेका पार्टीबाट अफर आउँदा त्यतै प्रवेश गर्नु फाइदा जस्तो लागेन ?

फाइदा-बेफाइदाभन्दा पनि अहिलेको समय भनेको काम गरेर देखाउने हो । मैले यो त्यो भनेर डिमान्ड गर्ने, फाइदा-बेफाइदा सोच्ने समय होइन । मैले राम्रो काम गरें, जनताको मन जितें भने उहाँहरुले पछि यो हामीलाई काम लाग्ने मान्छे हो, यसलाई छान्दा हामी जनतालाई फाइदा हुन्छ भनेर सोच्ने हो । पदको ट्यागमात्र लिएर के नै हुने हो र ? त्यसैले अहिलेसम्म यो पद, त्यो पद भन्ने केही कुरा नै भएको छैन ।

– तपाईं मन्त्री बन्ने चर्चा छ नि ?

सबै हल्ला हुन् । पार्टी सरकारमा जाने नजाने भन्ने नै अहिलेसम्म फाइनल भएको छैन भने मन्त्री बन्ने कुरा त धेरै पर हो । सरकारमा जानैपर्छ अनि पद पाउनैपर्छ भन्ने लोभ पनि छैन मलाई । राम्रो विचारधारा बोकेका व्यक्तिहरुसँग मिलेर देशको लागि केही गरौं भन्ने हो । अहिले केन्द्रीय सदस्यको रुपमा छु । यसैमा रहेर पहिला आफ्ना जिम्मेवारीहरु निभाउँ । पछि के गर्ने, के हुने भन्ने कुरा विस्तारै आफैं थाहा हुँदै जान्छ ।

– तपाईं मन्त्री बन्ने कुरा आएपछि सामाजिक सञ्जालमा तपाईंलाई ट्रोल गरिरहेका छन् । कस्तो लाग्यो ?

म त एकदमै सामान्य हिसाबमा लिन्छु । पहिला पनि ट्रोल भएकै हो, आज पनि हुन्छ र भोलि पनि हुने नै छ । काम राम्रो गर्दै जाने हो । आफू सामाजिक सञ्जालमा सक्रिय भएपछि, दर्शकको चासोको विषय भएपछि, कहिलेकाहीं ट्रोल त भइन्छ नै । कसैलाई नराम्रो गरेकी छैन । चोट पुग्ने काम गरेकी छैन । केही नगर्दा पनि ट्रोल भइन्छ भने त्यसलाई ठूलो मुद्दा बनाएर पनि त काम छैन ।

– कलाकार पनि हुनुहुन्छ, टीभीको डाइरेक्टर पनि हुनुहुन्छ । फेरि राजनीतिमा आउनुभयो । सबैतिर छाउन खोज्नुभएको हो ?

मान्छे एकठाउँमा सीमित हुनुभन्दा सबै कार्यमा सक्रिय भएको नै राम्रो हो नि होइन र ? सकेसम्म गरेको राम्रो जस्तो लाग्छ मलाई ।

जनताको सेवा गर्ने हो । आफू कुर्सीमा बस्नेभन्दा पनि मैदानमा उत्रिने हो । जनताका गुनासाहरु सुन्नु छ । यस्तै यस्तै हुन् । भर्खर सिक्दैछु, बुझ्दैछु । भविष्यमा केही गरेर देखाउनेछु ।

– धेरै डुङ्गामा खुट्टा हाल्दा लडिन्छ नि ?

त्यस्तो हुँदैन । एक त म आमा पनि हो । घर छ । बच्चाबच्ची छन् । सबै हेरेर पनि यताको काममा समय दिइरहेको छु । राम्रो चलचित्रको अफर आयो भने चलचित्र पनि गर्छु । म्युजिक भिडियोहरु गरिरहेकी छु । एलिजा फाउन्डेसनबाट सके जति समाज सेवा पनि गरिरहेकी छु । अब राजनीतिमा लागें । योजनाहरु धेरै छन् । म सबै गर्छु ।

– कसरी समय मिलाउनुहुन्छ ?

मिलाउँछु । हिजोसम्म सबै मिलाइरहेको थिएँ भने आज केही जिम्मेवारीहरु त थपिएका हुन् । समय व्यवस्थापन भनेको आफ्नो हातको कुरा हो । मिलाएर गर्नुपर्छ ।

– राजनीतिमा तपाईंको महत्वाकांक्षा के छ ?

महत्वाकांक्षाभन्दा पनि काम गरेर देखाउने हो । जनताको सेवा गर्ने हो । आफू कुर्सीमा बस्नेभन्दा पनि मैदानमा उत्रिने हो । जनताका गुनासाहरु सुन्नु छ । यस्तै यस्तै हुन् । भर्खर सिक्दैछु, बुझ्दैछु । भविष्यमा केही गरेर देखाउनेछु ।

– कुन क्षेत्रमा बढी सक्रिय भएर काम गर्न मन छ ?

मुख्यतः महिला सशक्तीकरणमा । सम्रगमा जनता अनि देशको सेवा गर्नुछ । गरिबी निवारण गर्नतर्फ लम्कनुछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर