माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा फेरिएन प्रधानमन्त्रीको फोटो – Nepal Press

माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा फेरिएन प्रधानमन्त्रीको फोटो

पोखरा । सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नु स्वभाविक मानिन्छ । सरकारी कार्यालयको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नु मर्यादा पनि मानिन्छ । स्वभाविक रुपमा राष्ट्रपति तथा प्रधानमन्त्री परिवर्तन भएमा फोटो पनि परिवर्तन गरिन्छ ।

तर, कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा नयाँ प्रधानमन्त्री नियुक्त भएको डेढ महिना पुग्दा समेत परिवर्तन भएको पाइएको छ । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको कार्यकक्षमा प्रधानमन्त्रीबाट हटेको डेढ महिनासम्म पनि शेरबहादुर देउवाको फोटो राखिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो एकैपटक परिवर्तन गर्ने अध्यक्ष गुरुङले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीको फोटो एकैपटक छाप्न दिने भनेका छौं, त्यसैले केही समय ढिलो भएको छ,’ अध्यक्ष गुरुङले नेपाल प्रेससँग भने ।

 


प्रतिक्रिया

One thought on “माछापुच्छ्रे गाउँपालिका अध्यक्षको कार्यकक्षमा फेरिएन प्रधानमन्त्रीको फोटो

  1. नेपाली कांग्रेस को पार्टी कार्यालय जस्तै भएको छ गाउँपालिका कार्यालय ।

Leave a Reply to Kamal Bahadur Bhujel Gharti Cancel reply

Your email address will not be published. Required fields are marked *