राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित – Nepal Press

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

रुपन्देही । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनु्सार दसौंतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ तीन मत बदर भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ जनाले मतदान गरेका थिए ।


प्रतिक्रिया

One thought on “राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

  1. सहि निर्णय । माओवादीले ईमानदारीतापूर्वक सहमति पालना गरिरहेको देखिन्छ । एमाले आत्तिईहाल्नुपर्ने देखिदैन । अब अन्तिम ईमानदारिता राष्ट्रपति पदमा देखिन्छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर