लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतगणना हुँदै – Nepal Press

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतगणना हुँदै

रुपन्देही । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचनका ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन् ।

रुपन्देहीको मर्चाबारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहले मतदान गरिनन् । उनी भारतमा रहेकाले मतदानमा सहभागी नभएको बुझिएको छ ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतदानलगत्तै मतगणनाको प्रकृया थालिएको बताए । उनका अनुसार प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको हो ।

मतपरिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सीटमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट कुमार दसौंदी, विपक्षी नेपाली कांग्रेसबाट माधव आचार्य र नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको नागरिक उन्मुक्तिबाहेक सबै दलले एमालेका उम्मेदवार दसौंदीलाई समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर