संसदमा जात्रा देखिएको झाँक्रीको टिप्पणी – Nepal Press

संसदमा जात्रा देखिएको झाँक्रीको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा देखिएको टिप्पणी गरेकी छन् ।

बुधबार आयोजित आजको ‘नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार’ गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अहिले हामी संसदमा जात्रा देख्दैछौँ । जुन आन्दोलनको जगमा राजनीतिमा सबै खालको विचारले प्रतिस्पर्धा गर्न पाए । आज त्यही व्यवस्था र संविधानकाविरुद्ध विष बमन यो त पुनरुत्थान हो नि ।’

राजनीति दलहरूले सही ढंगले काम नगरेकै कारणले अहिले जनमत कमजोर भएको उनले बताइन् । अहिले जनतामा देखिएको निरासालाई अन्त्य गर्न काम गरेर देखाउन आवश्यक रहेको उनको भनाइ छ । अहिले जनताले दिएको सच्चिने मौकालाई अवसरको रूपमा लिन पनि झाँक्रीले आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर