प्रदीप पौडेलको दाबी- ओली प्रवृत्ति निरन्तर रहे संसद पाँच वर्ष टिक्दैन (भिडिओ) – Nepal Press

प्रदीप पौडेलको दाबी- ओली प्रवृत्ति निरन्तर रहे संसद पाँच वर्ष टिक्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले प्रतिनिधिसभा चुनावी सभा जस्तो भएको टिप्पणी गरेका छन् ।

बुधबार आयोजित आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार गोष्ठीमा बोल्दै उनले आफूहरुले सोचे जस्तो सामूहिक नेतृत्वको विकास हुन नसकेको बताए ।

उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै भने, ‘नयाँ भनिएकाहरुमा पनि धेरै समय लागेन । थोरै समयमा सत्ता लिप्सा देखियो । स्वार्थहरु टकराएको देखियो । फेरि पुरानै शैलीलाई अपनाउन खोजे जस्तो देखियो । हामी हाम्रो पार्टीलाई व्यवस्थित गर्न लागिरहेका थियौं । कमीकमजोरी हाम्रो पार्टीमा छ । त्यसभित्र लडिरहेका छौँं ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनमा अहंकार देखिएको बताए ।

सांसद पौडेलले भने, ‘उहाँले मौका नपाउनुभएको होइन । तर, उहाँले नेतृत्व गरेको बेलामा जति भ्रष्टाचार अरु बेलामा मौलाएन । हामीलाई सम्झाउनुपर्दैन, कोभिडको बेलामा स्वास्थ्य सामग्रीमा कति भ्रष्टाचार भयो ? तर, उहाँले छानबिन गर्नुभएन । संरक्षण गर्नुभयो ।’

नेपालको अस्थिरताको सबैभन्दा ठूलो कारक नै ओली प्रवृत्ति भएको उनको भनाइ थियो । उनले ओलीको अभिव्यक्तिपछि प्रतिनिधिसभा पूरा कार्यकाल टिक्नेमा आशंका उब्जिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर