प्रेम प्रसादको परिवारले पाए बीमाबापत ५० लाख – Nepal Press

प्रेम प्रसादको परिवारले पाए बीमाबापत ५० लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए ।संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गर्नु अगाडी नोट सार्वजनिक गरेका थिए ।

सो नोटमा नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर