अवैध रुपमा खोला उत्खनन गर्ने ९ वटा टिपर प्रहरी नियन्त्रणमा – Nepal Press

अवैध रुपमा खोला उत्खनन गर्ने ९ वटा टिपर प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने ९ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटिएको प्रहरी टोलीले ९ वठा टिपर नियन्त्रणमा लिएको हो । प्रहरीले टिपर नियन्त्रणमा लिए पनि चालकलाई छाडेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ना ८ ख ८३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५८, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २-०३-००१ क १९७६ र एउटा अनटेस्ट टिपर नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाही गर्न जिल्ला समन्वय समिति धनुषालाई जिम्मा लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *