प्रदेश १ प्रमुख खापुङको पहिलो सम्बेधन- प्रदेशको नामाकरण हुनेमा विश्वस्त छु – Nepal Press

प्रदेश १ प्रमुख खापुङको पहिलो सम्बेधन- प्रदेशको नामाकरण हुनेमा विश्वस्त छु

प्रदेश १ प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले यही कार्यकालमा प्रदेश १ को नामाकरणको हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशसभालाई पहिलो पटक मंगलबार सम्बोधन गर्दै उनले आम जनचासोको विषय रहेको भन्दै नामाकरणको विषय टुंगो लाग्ने विश्वास व्यक्त गरे । उनले प्रदेश १ को नामाकरण नहुँदा प्रदेश प्रति नै अविश्वास बढेको बताए । उनले सम्बोधनका क्रममा भने,अत्याधिक जनचासो र जनअपेक्षाको विषय नामाकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेशसभा सक्षम हुनेछ ।

खापुङले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने अवस्था रहेको बताउँदै प्रदेशको प्राथमिकता पर्यटन, कृषि, सिंचाई, उद्योगलगायतको पूर्वाधार निर्माणमा हुनुपर्नेमा जोड दिए ।

‘एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय शासन प्रणाली अवलम्बन गरिसकिएको अवस्थामा एक सदनात्मक व्यवस्थाभित्रको व्यवस्थापिकाले संविधानले दिएका एकल अधिकार र साझा अधिकारमा कानून निर्माण गर्ने तथा सरकारलाई संसदीय निगरानी गर्ने महत्वपूर्ण काम रहेको छ’, उनले भने, ‘यसमा खरो रुपमा उपस्थिति हुने कुरामा विश्वास व्यक्त गर्दछु ।’

खापुङको सम्बोधनसँगै प्रदेश १ को प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर