महानगरले हटायो मैतिदेवीको प्रहरी बिट

२०७९ माघ २४ गते १२:३१

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट खाली गराएको छ । सडक मिचेर बनाइएको संरचना हटाउने महानगरकाे अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो ।
आज महानगर प्रहरीले प्रहरी बिट खाली गराएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । केहीबेर उक्त भवन पनि भत्काइने उनले बताए । प्रहरी बिटमा रहेकाे सामान ट्रकमा राखेर लगिएकाे छ ।
प्रहरी बिट कुन भवनमा सार्ने भन्ने बारेमा टुंगाे नलगागेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर