राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ (भिडिओ) – Nepal Press

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन्।

राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन्।

उनी सोमबार निर्विरोध निर्वाचित भएकी थिइन्। शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *