वागमतीका श्रममन्त्रीले कर्मचारीलाई भने- मेरो आग्रहलाई कमजोरी ठाने कठोर बन्न सक्छु (भिडिओ) – Nepal Press

वागमतीका श्रममन्त्रीले कर्मचारीलाई भने- मेरो आग्रहलाई कमजोरी ठाने कठोर बन्न सक्छु (भिडिओ)

हेटौंडा । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले मन्त्रालय मातहतका कर्मचारीलाई काममा कुनै कमजोरी नगर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा कर्मचारीसँगको अन्तरक्रियामा उनले हामीले काम गर्न सकेमात्र जनताले राहत महसुस गर्ने बताए ।

उनले भने ‘हामीले हाम्रो तहबाट कसरी हुन्छ एउटा आशा जगाउँ, काम चै हुँदो रहेछ, देखिँदो रहेछ, काम गर्न सके हुँदो रहेछ भन्ने कुरा हाम्रो तहबाट गर्नुपर्छ त्यसको लागि तपाईँहरूसँग आशा र अपेक्षा गर्दछु ।’

अहिले जनताहरु सरकारप्रति आशावादी हुन नसकेको अवस्था किन सिर्जना भयो भन्ने विषय महत्वपूर्ण विषय भएको भन्दै मन्त्री श्रेष्ठले आफु त्यो विषयलाई चिर्नको लागि जनताको काममा सधै क्रियाशिल हुने बताए ।

उनले भने ‘इमान्दारिपूर्वक, दक्षतापूर्वक, क्षमतापूर्वक काम गरौँ भन्ने मेरो विनम्र आग्रह हो, यसलाई कमजोरीको रूपमा लिए निर्देशन दिनुपर्ने हुन्छ, निर्देशनलाई पनि मान्नु भएन कारबाहीको दायरामा पनि जान म कठोर बन्नुपर्ने अवस्था आउँछ ।’

मन्त्री श्रेष्ठले कर्मचारीलाई सकेसम्म कारबाहीको दायरासम्म आफूलाई जान बाध्य नबनाउन आग्रह गरे । मन्त्रालयमा बजेट कमी भएको भन्दै उनले आगामी वर्षबाट बजेटको दायरा फराकिलो पार्न लागि पर्ने आश्वस्त पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *