यूएसएआईडी प्रमुख सामन्था आज नेपाल आउने – Nepal Press

यूएसएआईडी प्रमुख सामन्था आज नेपाल आउने

काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् ।

नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेर फर्किएलगत्तै पावर काठमाडौं आउन लागेकी हुन् । यूएसएआईडीले बुधवार विज्ञप्तिमार्फत उनको भ्रमणको जानकारी गराएको थियो ।

अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरवहादुर देउवा प्रधानमन्त्री थिए ।

पावर राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् ।

पावरले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ । उनी २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर