यती एयरलाइन्स दुर्घटनाको प्रारम्भिक अनुसन्धान- प्राविधिक र मानवीय त्रुटि हुनसक्ने – Nepal Press

यती एयरलाइन्स दुर्घटनाको प्रारम्भिक अनुसन्धान- प्राविधिक र मानवीय त्रुटि हुनसक्ने

काठमाडौं । गत माघ १ गते भएको यती एयरलाइन्सको एन-एएनसी एटीआर विमान दुवै इन्जिनको प्रोपेलर फेदरमा जाँदा दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।

जहाज दुर्घटना लगत्तै गठित सरकारी छानबिन आयोगले यस्तो निष्कर्ष निकालेको आयोगका सदस्य सचिव एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उड्डयन महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्नेबारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन-एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना भएको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले दुर्घटनाको वस्तुस्थिति, ब्ल्याक बक्सको अध्ययनसँगै सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको छ । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *