अस्पताल ल्याइएको बालिकाको मृत्यु भएपछि जलाउन खोज्दा प्रहरीद्वारा शव नियन्त्रण – Nepal Press

अस्पताल ल्याइएको बालिकाको मृत्यु भएपछि जलाउन खोज्दा प्रहरीद्वारा शव नियन्त्रण

काठमाडौं । महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएको बच्चाको मृत्यु भएपछि दाह संस्कारका लागि पशुपति आर्यघाट लैजाने बेलामा प्रहरीले शव नियन्त्रणमा लिएको छ ।

काठमाडौंको तारकेश्वर–३ चिसापानीमा पानीमा डुबेको भन्दै १७ महिने बालिकालाई उपचारका लागि सोमबार कान्ति पुर्याइएको थियो । खेल्नेक्रममा पानी भरिएको बाल्टीमा परेको परिवारको दाबी थियो ।

उपचारको क्रममा मृत्यु भएपछि अन्तिम संस्कार गर्ने तयारी परिवारले गरेको थियो । काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले अप्राकृतिक तरिकाले बच्चाको निधन भएको र प्रहरीलाई जानकारी नगराइएकाले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । शवको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *