८ वर्षअघिको घटनामा मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको सजाय – Nepal Press

८ वर्षअघिको घटनामा मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदाललते मानव बेचबिखनमा ब्युटी पिजेन्ट आयोजक मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

पाण्डे यसअघि नै दोषी ठहर भएपनि सजाय भने सोमबार तोकिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पाण्डेलाई बाल यौन दुर्व्यवहार र मानव बेचबिखनमा दोषी ठहर गरिसकेको छ ।

न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त सजाय गरेको हो ।

बाल यौन दुर्व्यवहारमा यसअघि पाण्डेलाई ६ महिना कैद सजाय तोकिएको थियो ।

पाण्डेले नै सञ्चालन गरेको सुन्दरी प्रतियोगितामा ८ वर्षअघि सहभागी भएकी एक युवतीले त्यतिबेला आफूमाथि बलात्कार भएको दाबी गर्दै यसै वर्ष सामाजिक सञ्जालमार्फत घटना बाहिर ल्याएकी थिइन् । एजुकेसनल कन्सल्टेन्सी सञ्चालकसमेत रहेका पाण्डे त्यसपछि पक्राउ परेका थिए ।

ती युवतीले बलात्कारको आरोप लगाएपनि हदम्याद सकिएको भन्दै प्रहरीले मानव बेचबिखनमा अभियोग पत्र दर्ता गरेको थियो । यही आरोपपछि कानून संशोधन गरेर बलात्कार मुद्दामा हदम्यादलाई २ वर्ष पुर्‍याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर