बाह्य क्षेत्रमा सुधार- रेमिट्यान्स बढ्यो, सोधानान्तर स्थिति बचतमा – Nepal Press

बाह्य क्षेत्रमा सुधार- रेमिट्यान्स बढ्यो, सोधानान्तर स्थिति बचतमा

काठमाडौ । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धिसँगै रेमिट्यान्स पनि बढेको हो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भएर २ लाख ७५ हजार ६४३ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । यस्तै सोधानान्तर स्थिति पनि बढेको छ । चालू ६ महिनामा सोधानान्तर स्थिति .९७ अर्ब १० करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको सोधानान्तर स्थिति सयो ६ महिनामा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

तर, चालू खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । यो घाटा पनि केही साँघुरिएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर