रविको हमलामा कान्तिपुरको आक्रामक प्रतिवाद, अन्य राष्ट्रिय दैनिकहरू नरम
कान्तिपुर भन्छ- रवि टोले गुण्डाजसरी प्रस्तुत भए


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही ठूला सञ्चारमाध्यमहरुमाथि गरेको प्रहारले मिडिया क्षेत्रमा ठूलै खलबली पैदा गरेको छ । सञ्चारकर्मीहरु नै उनको पक्ष र विपक्षमा बाँडिएका छन् ।
रविको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै हिजै नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा उसले रविले सञ्चारगृह घेर्ने धम्की दिएको भन्दै यसबाट सञ्चारजगत नै असुरक्षित बनेको दाबी गरेको छ । तर, महासंघको यो विज्ञप्तिलार्ई लिएर जनताको प्रतिक्रिया सकारात्मक छैन । अधिकांशले मिडियालाई नै गाली गरेका छन् ।
रविको अभिव्यक्तिलाई आज प्रकाशित भएका दैनिक अखबारहरुले फरक फरक तरिकाले रेस्पोन्स गरेकाे पाइयाे । रविले पहिलो निशाना बनाएको कान्तिपुरले आक्रामक प्रतिवाद गरेको छ । अन्य अखबारहरु भने तुलनात्मकरुपमा नरम देखिए । रविले मिडिया र पत्रकारहरुको नाम लिएर लगाएका आरोपहरु भने कुनै पनि दैनिक पत्रिकाले समेटेका छैनन् ।
कान्तिपुर दैनिकले सम्भावित पाठक प्रतिक्रियाहरुलाई झेल्ने साहस देखाउँदै रविविरुद्ध सम्पादकीय लेखेको छ । ‘रवि लामिछानेको धम्कीपूर्ण घृणावाद’ शीर्षकमा प्रकाशित सम्पादकीयमा रवि लामिछानेको शैली टोले गुणको जस्तो भएको उल्लेख छ । गृहमन्त्री गुमेको झोकमा रविले आफ्नो हैसियत बिर्सेर बर्बराहट गरेको निष्कर्ष कान्तिपुरले निकालेको छ । ‘समय छ, लामिछाने सुध्रिउन्, आफ्ना गल्तीहरुप्रति प्रायश्चित गरुन् र उक्त घृणास्पद अभिव्यक्ति फिर्ता लिउन्’ सम्पादकीयमार्फत कान्तिपुरले माग गरेको छ ।
पत्रिकाको पहिलो पेजको मुख्य समाचार पनि सम्पादकीय जस्तै जस्तै छ । ‘रविले देखाए वास्तविक छवि’ शीर्षकको समाचारमा हिजो रविले बोलेका केही कुराहरुलाई प्रतिवादसहित स्थान दिइएको छ । यद्यपि, रविले कान्तिपुर र यसका प्रकाशक कैलाश सिरोहियामाथि लगाएको आरोपहरु भने उल्लेख गरिएको छैन ।
पहिलो पेजमै कान्तिपुरले रविलाई दर्जन प्रश्न सोधेको छ । ती सबै प्रश्नहरु यसअघि बारम्बार लेखिरहेकै विषयवस्तुमा आधारित छन् । कान्तिपुरले ‘प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना’ शीर्षकको अर्को समाचार पहिलो पेजमै राखेको छ । यो समाचार शीर्षक र अहिलेको माहोल भने खासै मेल खाँदैन ।
कान्तिपुरले पहिलो पेजमा रविमाथि कार्टुन पनि बनाएको छ, जहाँ रवि हिलोमा गाडिएका र हिलोका बाछिटाहरु बाहिर मानिसहरुलाई परेको देखाइएको छ ।
आजको कडा ‘रेस्पोन्स’ले कान्तिपुरका पाठकहरु थप भड्किएको समाचारहरुमा आएका प्रतिक्रियाहरुले झल्किन्छ । फेसबुक र ट्वीटरमा अधिकांश प्रतिक्रियाहरु कान्तिपुरका विरुद्धमा छन् । कान्तिपुरले अल्पकालीनरुपमा केही पाठक वा फलोअर्स गुमाउनसक्ने विश्लेषण गरिएको छ ।
आज प्रकाशित अन्य दैनिक पत्रिकाहरु भने कान्तिपुरको तुलनामा अपेक्षाकृत नरम देखिए । अन्नपूर्ण पोष्ट रवि लामिछानेको पार्टी रास्वपा सरकारबाट बाहिरिएको सानो समाचार पहिलो पेजको कुनामा राखेको छ । उनले पत्रकार सम्मेलनमा बोलेका कुराहरुलाई पत्रिकाले कुनै स्थान नै दिएन ।
नागरिक दैनिकले पहिलो पेजमा रास्वपा सरकारबाट बाहिरिएको प्रमुख समाचार बनाएको छ भने त्यसको उपशीर्षकमा रविले सञ्चारमाध्यमहरुमाथि गम्भीर आरोपहरु लगाएको उल्लेख छ । समाचारको प्रस्तुतिकरण भने फितलो छ ।
नागरिकभन्दा पनि फितलो छ नयाँ पत्रिकाको समाचार । ‘४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा’ शीर्षकको समाचार अत्यन्तै पराम्परागत ढर्राबाट लेखिएको छ, जबकी नयाँ पत्रिका कुनै समय प्रस्तुति र लेखनशैलीमा सिर्जनशीलताका लागि चिनिन्थ्यो । नयाँ पत्रिकाको त्यो पुरानो छवि अहिले समाप्तप्रायः भइसकेको छ ।
कान्तिपुर नेपालको एक नम्बरको गुण्डा पत्रकारिता गर्छ । यसका मालिक विदेशीबाट सञ्चालित छन् । दलाली गर्ने, मान्छेलाई धम्काएर पैसा असुल्ने यसको पेशा नै हो । यस्ता दलालले अरूलाई फुर्ति लगाउने ? म त भन्छु कान्तिपुरको दर्ता खारेज गर्नुपर्छ र यिनका मालिकले धा्काएर उठाएको सबै फिर्ता गराएर यिनलाई कानून बमोजिम कडाभन्दा कडा सजाय दिनुपर्छ ।
कान्तिपुर प्रकाशन मिडिया हाउस बन्द गरेर यस लाइ छानबिन गरेर कडा कारबाही नगर्ने हो भने यो देश ढिलो चाँडो बिघटन हुनेछ यो देश बिरुद्ध संचालित मिडिया हाउस हो ।
जुनदिन नेपाल समाप्त हुनेछ त्यसदिन बिदेशी कुत्ता प्रचन्डे बाबुराम र कान्तिपुरको मिसन पुरा हुनेछ।
bhrust midiya haru swaha. ravi g, tapain le sahi samay ma hami nepali ko aankha kholi dinu bhayo, jagruk banai dinu bhayo, koti koti pranam. cr yadav
कान्तिपुर मीडियालाइ बहिस्कार गर्नु पर्छ
अब जनता ले देखाउछ आफ्नो आस्ली पावर जय नेपाल्🙏
Kantipur is run by Indian RAW fraction! It needs to be closed right now. Prime TV and Rishi Dhamala is also run by political syndicate.