५८ लाखको चेक बाउन्समा भोजपुरका वडाअध्यक्ष देवी कार्की पक्राउ – Nepal Press

५८ लाखको चेक बाउन्समा भोजपुरका वडाअध्यक्ष देवी कार्की पक्राउ

विराटनगर । भोजपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष देवीप्रसाद कार्की पक्राउ परेका छन् ।

अपराध अनुसन्धान महाशाखा प्रदेश १ (रिट) को टोलीले उनलाई आइतबार साँझ वडा कार्यालयबाटै पक्राउ गरेको हो । कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा बैंकिङ कसुरअन्तर्ग किटानी जाहेरी परेको प्ररहीले बताएको छ ।

कार्कीले उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीलाई ५८ लाखको चेक दिएका थिए । स्काभेटर किनेबापत कार्कीले दिएको उक्त चेक भुक्तानीका लागि पटक-पटक जाँदा पैसा नभएको भन्दै नसाटिएपछि शिवाकोटीले उजुरी दिएको प्रदेश १ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविन राईले नेपाल प्रेसलाई बताए ।

‘चेक बाउन्समा आएको उजुरीको आधारमा बैकिङ कसूरअन्तर्गत उहाँलाई पक्राउ गरेका हौं’, एसपी राईले बताए ।

अपराध अनुसन्धान महाशाखाको टोलीले कार्कीलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा बुझाएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित कार्की ठेकेदारसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *