सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेट – Nepal Press

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले राष्ट्रिय महत्वको विषयमा अनौपचारिक छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको बताए । सीमा व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीले उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने क्रममा ओली र देउवालाई पनि बोलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर