बहिष्कारको घोषणाबीच ज्योती मगर अर्घाखाँची महोत्सवमा जाँदै, रोकेर देखाउन दिइन् चुनौती – Nepal Press

बहिष्कारको घोषणाबीच ज्योती मगर अर्घाखाँची महोत्सवमा जाँदै, रोकेर देखाउन दिइन् चुनौती

काठमाडौं । अर्घाखाँचीमा आफूले प्रस्तुति दिने कार्यक्रमलाई १० वटा सांगीतिक संघ–संस्थाले बहिष्कारको घोषणा गरेपछि लोकगायिका ज्योती मगरले आफू नरोकिने चुनौती दिएकी छन्। आफ्नो सामाजिक सञ्जालमार्फत स्टाट्स लेख्दै आफूलाई बहिष्कार गर्ने सबै संघ–संस्थालाई उनले चुनौती दिएकी हुन्।

दर्शक स्रोताको मनोरञ्जन नै आफ्नो दायित्व रहेको बताउँदै बहिष्कार गरेपनि वा उडान रोकिएपनि प्राइभेट कार लिएर आफू अर्घाखाँची पुग्ने उनको भनाई छ। समाजसेवाको नाममा विभिन्न संघसस्था खुलेपनि देखावटी काम गर्ने र सामाजिक कार्यका लागि आएका चन्दाहरु संघसस्थाका मालिकहरु आफै मिलिमिलि खाने जस्ता कुराहरु आरोप स्टाट्समा उनले उल्लेख गरेकी छन्। आफूलाई बहिष्कार गर्ने नामका मात्र संघसस्थालाई आफैले बहिष्कार गर्ने उनले बताइन्

स्टाट्समार्फत खुल्ला चुनौती दिदैँ उनी आज आफ्नो निजि कार मार्फत अर्घाखाँची गइरहेको उनले बताएकी छन्। मौसमको खराबीका कारण उडान हुन नसकेपछि हिजै हुने भनिएको उनको कार्यक्रम रोकिएको थियो।

ज्योतीले कार्यक्रममा असभ्य प्रस्तुति दिनसक्ने र उनले गाउने गीत र नृत्यले नेपाली मौलिक कला–संस्कृतिको पक्षमा सुखद सन्देश नदिने बताउँदै हिजो अर्घाखाँचीमा हुने ज्योति मगरकोे कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, अर्घाखाँची, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद, सांस्कृति संरक्षण मञ्च, लगायतका १० वटा सांगीतिक संघ–संस्थाले वि१प्तिसहित बहिष्कार गरेका थिए।

यस्ताे  छ स्टाटस:

‘आज भोली खोलियका धेरै जसो संघ संस्था हरु र समाजिक अभियन्ता हरु समाजिक मुल्य र मान्यता लाई जोगाउन होइन समाजसेवा को नाम मा चन्दा उठाउन र सो कल्ड उम्मेदवार (सदस्य,अधेक्ष,) बनी समाज मा आफू लाई होनहार ब्याक्तित्व देखाउन को लागि खोलियको हुन्छ जस्को कुनै सामाजिक दायित्व हुदैनन ब्यक्तिगत मनमानी ब्यक्तिगत रिसराग र ब्यक्तिगत आफुले पैसा कमाउने जस्तो कि “हाम्रो सस्था ले फलानो को किड्नी उपचार गर्दै छ” भन्दै पैसा उठाउने र आधा भन्दा धेरै मिलिजुली बाडी खाने हेतु ले खोलियको हुन्छन,अरु कच्चा चिठ्ठा त धेरै के खोल्नु यस्ता सो कल्ड संघ सस्था लाई त म बहिस्कार गर्छु त्यो पनि एक्लै… हिम्मत छ भने मलाइ रोकेर देखाउनुस म भोलि अर्घाखाँची मा आफ्नो प्रस्तुति दिदै छु… म ज्योती मगर र मेरो दायित्व दर्सक स्रोता को मनोरञ्जन को साथ साथै म जस्ता हजारौ युवती हरु जो सामाजिक कुसस्कार को सिकार भै आफ्नो इक्षा आकाक्षा र अधिकार बाट बन्चित छन उनी हरु लाइ मार्गदर्शन गर्नु पनि हो… म अहिले पुर्ब उर्लावारि बाट प्राइभेट कार मा चढी करिब 15/16 घन्टा को यात्रा तय गरि आउदै छु अर्घाखाँची मा… सक्छौ भनेर रोकेर देखाउनु… (हात्ती चल्यो बजार,कुकुर भुके हजार)’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर