सन्दीपको मुद्दामा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाद्वारा स्थगित – Nepal Press

सन्दीपको मुद्दामा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाद्वारा स्थगित

काठमाडौं। सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि पेशी तोकिए पनि जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्।

जाहेरवालाको तर्फबाट शान्ति रिसालले पेशी स्थगित गराएकी हुन्।

न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेशी तोकिएको थियो। यसअघि माधवप्रसाद पौडेलले थुनछेक आदेश गरेका थिए।

जिल्लाको आदेशबाट थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ।

सर्वोच्चले उच्च अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर