चर्चित पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीपलाई भेटे – Nepal Press

चर्चित पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीपलाई भेटे

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा रिजवान सन्दीपबीच भेट भएको हो ।

स्रोतका अनुसार  अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरुको समन्वय गर्ने आफ्ना एजेन्ट पाकिस्तानकै तलाह माेहम्मदसँग रिजावान आइतबार नेपाल आएका हुन् । सन्दीपलाई भेटेपश्चात उनीहरू आज १२ बजे स्वदेश फर्किँदैछन् । रिजवानले सन्दीपलाई आफूलाई मानसिकरूपमा बलियो बनाउन सल्लाह दिएका थिए ।

‘सन्दीपलाई मनोबल कमजोर नबनाउन र सत्यमा विश्वास राख्न उहाँहरूले सल्लाह दिनुभयो,’ स्रोतले भन्यो । पाकिस्तानदेखि आएर उनीहरूले भेट्दा सन्दीप खुशी देखिएका थिए ।

सलाहले भने यसअघि जेलमा पनि सन्दीपलाई भेटेका थिए । सुन्धारास्थित केन्द्रीय कारागारमा रहँदा उनले सन्दीपलाई भेटेर गएको स्रोतको भनाई छ । सलाहले नै रिजवानलाई लिएर आएका हुन् ।

सन्दीपले अधिकांश अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा खेलेका कारण विश्वका धेरै क्रिकेटरहरूसँग उनको दोस्ती छ । पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग उनको सम्बन्ध भएको हो । रिजवान अहिले टी-२० क्रिकेटमा सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् । उनी विश्व वरीयतामा दोस्रो स्थामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर