भीम रावलको प्रस्ताव- रवि लामिछानेमाथि जाँच गरौँ


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्।
लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।
नेता रावलले ट्विटरमा लेखेका छन्, राजनीतिक सिद्धान्त, मूल्य,मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ। आलोचना सुन्छ।’
राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उल्लेख गर्दै गालीगलौजमा नउत्रने उनको भनाइ छ।
‘सत्य तथ्य औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौँ’ उनले भनेका छन्।
यो भिम रावल भन्ने कथित राष्ट्रबादी भ्रष्टचारि यसलाइ पहिले कारबाही गर्नुपर्छ
ल हेर भारतीय दलालको प्रस्ताव । उसले पर्यटन र गृहमन्त्री हुँदा खाएकोबारे बोल्नु छैन, रविले भनेका १२ गुण्डा पत्रकारको बारेमा छानविन गरौं भन्ने कुरा छैन । उल्टै रविमाथि जाँच गरौं भन्छ । हिम्मत छ दलालको जाँच गर्ने ? ती १२ गुण्डा पत्रकार सबै भारतीय दलाल हुन् । ती भारतीय दलालका सम्बन्धमा रविले भनेका सहि कुराले अर्को भारतीय दलालको चित्त दुखेछ । एक दिन प्रमाणित हुनेछ कि यो कथित राष्ट्रवादको नाममा भारतको दलाली गरेर एमालेलाई कमजोर बनाउन हिडेको छ । तर अब यसको पतन नजिक छ । यिले रविलाई प्रहार गर्नुको कारण एमालेसँग नजिक भयो भनेर हो ।