टीकापुर घटनाका झगडिया झिकाउन सर्वोच्चको आदेश – Nepal Press

टीकापुर घटनाका झगडिया झिकाउन सर्वोच्चको आदेश

कैलाली । सर्वोच्च अदालतले टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार उच्च अदालतले गरेको फैसलामा खोट भएको हुन सक्ने भन्दै झगडिया झिकाउन आदेश दिएको हो ।

२०७२ भदौ ७ गते थरुहट आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणमा परेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले पुनरावेदनका लागि दिएको निवेदनमाथि सर्वोच्चले आज आदेश दिएको हो ।

प्रत्यर्थी झिकाउने आदेशसँगै यस मुद्दामा अब पुनः बहस तथा सुनुवाइ हुने र मिसिलको अध्ययनसँगै प्रमाणको मूल्याङ्कन गर्ने काम हुनेछ ।

यसअघि ८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज आदेश जारी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *