सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बन्छ : पृथ्वीसुब्बा गुरुङ – Nepal Press

सत्तारुढ गठबन्धनबाटै राष्ट्रपति बन्छ : पृथ्वीसुब्बा गुरुङ

गुरुङ भन्छन्- म राष्ट्रपतिको दोडमा छैन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् ।

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमती सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे ।

उपमहासचिव गुरुङले भने, ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो । त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो सकभर । राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि । राष्ट्रपति एमाले भित्रै छ नि । मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’

उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांगे्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर