सुत्रमा राजस्व प्रणालीको सुरुवात, धुलिखेल नगरपालिकामा आजैबाट पूर्णरूपमा सञ्‍चालन – Nepal Press

सुत्रमा राजस्व प्रणालीको सुरुवात, धुलिखेल नगरपालिकामा आजैबाट पूर्णरूपमा सञ्‍चालन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयबाट सञ्‍चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा (सुत्र) रेभेन्यू मोडेलको सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रणालीको सुरु गरेका छन् ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा .रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्कृय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउँदै रेभेन्यू मोडेलको सफल सञ्‍चालनका लागि शुभकामना दिए । साथै, अर्थसचिव तोयम रायाले सञ्‍चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवम् सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा प्रकाश पार्दै सुत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही रहेको बताए ।

रेभेन्यू प्रणालीको प्रयोग सम्बन्धित स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्‍चालन गर्न अर्थमन्त्री पौडेलले निर्देशन दिएका छन् । सो कार्यक्रममा ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरू तथा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत अन्य कर्मचारीहरूको विद्युतीय अनलाइनका माध्यमबाट सहभागीता रहेको थियो ।

आजैबाट रेभेन्यू प्रणाली धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्‍चालनमा आएको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै राजस्व व्यवस्थापन प्रणालीको प्रारम्भ, वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता र सेवा प्रवाहमा सहजता, खर्चमा बचत तथा वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर