सरकार ढाल्न खोज्नु जनताको पक्षमा हुँदैन, देशमा कुनै वैकल्पिक शक्ति छैन : ओली – Nepal Press

सरकार ढाल्न खोज्नु जनताको पक्षमा हुँदैन, देशमा कुनै वैकल्पिक शक्ति छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशमा कुनै वैकल्पिक शक्ति नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न खोज्नु जनताको पक्षमा नहुने बताए ।

ओलीले भने, ‘देशको विकास र सुशासन चाहिएको छ । त्यही काम अहिलेको सरकारले गर्छ । सकारात्मक सरकार बनेको छ । यो सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन ।’

उनले राम्रो काम गरेको दृष्टान्त भएको कुनै वैकल्पिक शक्ति अहिले देशमा नभएको दाबी गरे ।

ओलीले भने, ‘हामीले यो गरेका छौं । हाम्रो नीति र व्यवहार यो छ । यसमा हामी उत्कृष्ट छौं भन्ने अर्को कुनै दल छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *