रंगशालामा लाइभ कन्सर्ट : इण्डियन र्‍यापर डिवाइन, किंगलगायत आउने – Nepal Press

रंगशालामा लाइभ कन्सर्ट : इण्डियन र्‍यापर डिवाइन, किंगलगायत आउने

काठमाडौं । दशरथ रंगशालामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको लाइभ प्रस्तुति हुने भएको छ ।

नेपालमा पहिलोपटक इण्डियन र्‍यापर डिवाइन र किंग उक्त कन्सर्टमा देखिने भएका छन् । आई लाइभ नेपालका प्रवक्ता रवीन्द्र कार्कीले दशरथ रंगशालामा हुने ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारको लाइभ प्रस्तुति रहने जानकारी दिएका छन् ।

हाल इण्डियन म्युजिकको ट्रेन्डिङमा रहेका चर्चित र्‍यापर तथा आर्टिष्ट किंग पहिलो पटक नेपाल आउन लागेका हुन् ।

इण्डियन गायिका तथा अभिनेत्री आस्था गिल, ‘हसल २.०’ र्‍याप रियालीटी शोबाट चर्चा कमाएकी स्रुति ताव्डे, बलिउड गायक अकिल सचदेवा र सिक्किमका र्‍यापर यूएनबीको पनि प्रस्तुति रहने जनाइएको छ ।

यही फागुन ५-९ सम्म सञ्चालन हुने उक्त कन्सर्टको टिकट दर ५ सयदेखि २५ हजारसम्मको तोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टमका सामान भारतबाट ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर