रास्वपाको बैठकमा मोबाइल बोक्न बन्देज – Nepal Press

रास्वपाको बैठकमा मोबाइल बोक्न बन्देज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक अहिले केन्द्रीय कार्यालयमा जारी छ ।

बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको एक केन्द्रीय सदस्यले बताए ।

यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा सूचना लिक भएको भन्दै मोबाइलमा रोक लगाइएको हो ।

सबै केन्द्रीय सदस्य र सांसदहरूको मोबाइल एकै ठाउँमा जम्मा गरेर राखिएको छ ।

बैठकपछि सभापति रवि लामिछानेले नै पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर