नेकपा एसको बैठक- अध्यक्ष नेपालको प्रतिवेदनमाथि समूहगत छलफल – Nepal Press

नेकपा एसको बैठक- अध्यक्ष नेपालको प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौं केन्द्रीय समिति बैठकमा अहिले समूहगत छलफल भइरहेको छ ।

शनिबारदेखि जारी बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नका लागि १० समूहमा विभाजन गरिएको थियो ।

बैठकमा छलफलका लागि समूह नेतामा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, पूर्णा जोशी, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डे र हस्त शाही चयन भएका छन् ।

अध्यक्षको प्रतिवेदनसहित महासचिव बेदुराम भुसालले पेस गरेको सांगठनिक प्रतिवेदनमा पनि छलफल भइरहेको छ । छलफलका लागि बनाइएको समूहगत निष्कर्ष बैठकमा प्रस्तुत भइसकेपछि अध्यक्ष नेपालले सम्बोधन गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर