समलिंगी विवाहबारे भेदभावपूर्ण टिप्पणी गरेको भन्दै जापानका प्रधानमन्त्रीले सचिवलाई गरे बर्खास्त – Nepal Press

समलिंगी विवाहबारे भेदभावपूर्ण टिप्पणी गरेको भन्दै जापानका प्रधानमन्त्रीले सचिवलाई गरे बर्खास्त

जापान । जापानका प्रधानमन्त्री फुमियो किशिदाले समलिङ्गी विवाहबारे भेदभावपूर्ण टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीका सचिव कात्सुकी अराइलाई बर्खास्त गरेका छन् ।

फुकुई प्रान्तको साकाई सहरमा पत्रकारहरूसँग कुराकानी गर्दै किसिदाले सचिवलाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।

अराइले समलिङ्गी विवाहको अवस्थाबारे हिजो साँझ पत्रकारसँग कुरा गर्दै अस्वाभाविक टिप्पणी गरेकी थिइन ।

उनले गरेको टिप्पणीको चौतर्फी विरोध भएपछि आफ्नो भनाइ फिर्ता लिएकी थिइन् । तर उनले टिप्पणी फिर्ता लिए पनि प्रधानमन्त्री किसिदाले बर्खास्तीको निर्णय गरेका हुन् ।

अराइलाइ बर्खास्ती गरे सँगै अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको सचिवालय महाशाखाका प्रमुख श्री योशिनोरी इतोलाई सचिव नियुक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *