अमेरिकी डलर घट्दा यूरो पनि पनि घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? – Nepal Press

अमेरिकी डलर घट्दा यूरो पनि पनि घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर ५५ पैसाले घटेको छ । यसको खरिददर आइतबार १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। यसअघि शुक्रवार अमेरिकी डलरको खरिद १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसामा भएको थियो।

युरोपियन युरो आज एक रुपैयाँ २९ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। शुक्रवार यसको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्डको खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७७ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा १ रुपैयाँ ५४ पैसाले घटेको छ । शुक्रवार यसको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा तोकीएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ २४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ६७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा तोकिएको छ।

आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २८ पैसा र बिक्रीमा ४३० रुपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ११ पैसा तोकिएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *