आर्सनल र लिभरपुलको हार, युनाइटेडको सहज जित – Nepal Press

आर्सनल र लिभरपुलको हार, युनाइटेडको सहज जित

काठमाडौं। लिग लिडर आर्सनल इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग १-० गोलको नतिजामा पराजित भएको छ । शनिवार राति सम्पन्न खेलमा एभर्टनलाई जित दिलाउन जेम्स टार्कोस्किले निर्णायक गोल गरे ।

गोडिसन पार्कमा भएको खेलमा खेलको ६०औँ मिनेटमा टार्कोस्कीले गरेको गोल एभर्टनको जितका लागि पर्याप्त बन्यो। आर्सनलको यो सिजनको दोस्रो हार हो । हारसँगै आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन १८ अंक जोडेर १७ औँ स्थानमा रहेको छ ।

यस्तै, प्रिमियर लिग अन्तर्गत शनिबार नै सम्पन्न खेलमा क्रिस्टल प्यालेसलाई २-१ गोलको नतिजामा पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

खेलको सातौँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ६२औँ मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दा युनाईटेडको अग्रता दोब्बर पारेका थिए । खेलको ७०औँ मिनेटमा क्यासिमिरोले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो

खेलको ७६ औँ मिनेटमा क्रिस्टलका जेफ्री स्लुपले गोल गरेपनि थप गोल हुन नसक्दा युनाईटेड २-१ ले विजयी भयो । जितसँगै युनाईटेडले २१ खेलमा ४२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ अंक जोडेर १२ औँ स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत लिभरपुल उल्भससँग ३-० गोलको नतिजामा पराजित हुँदै लज्जास्पद हार बेहोरेको छ । लिभरपुल २९ अंकसहित तालिकाको दसौँ स्थानमा रहेको छ । उल्भ्स २० अंकसहित पन्ध्रौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *