भीम रावलको प्रश्न- नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर सुशासन ल्याउन खोजिएको हो ? (भिडिओ) – Nepal Press

भीम रावलको प्रश्न- नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर सुशासन ल्याउन खोजिएको हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताएका छन् ।

शनिवार काठमाडौंमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा विपरीत सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरू एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको विडम्बना भएको बताए ।

उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त विपरीत अघि बढाउन खोज्ने विषयमा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे ।

रावलले विपरीत सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहीँ पनि नदेखिएको उल्लेख गरे । निजी विद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरे ।

पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रा देखि संघर्षका विषयहरू उल्लेख गरिएको छ ।


प्रतिक्रिया

2 thoughts on “भीम रावलको प्रश्न- नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर सुशासन ल्याउन खोजिएको हो ? (भिडिओ)

  1. यो मान्छे रविको पछि यति धेरै किन लागेको ? रविले ओलिलाई बारम्वार भेटेको यसलाई मन नपरेको भएर होला । ओलिलाई मन नपराउने त विशुद्व भारतीय दलाल हुन्छन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर