सुर्खेतमा लागूऔषध सहित तीन जना पक्राउ – Nepal Press

सुर्खेतमा लागूऔषध सहित तीन जना पक्राउ

सुर्खेत । सुर्खेतमा लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगरका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१० का २२ वर्षीया रहिस कबडियालाई शंकास्पद रूपमा फेलापारी खानतलासी गर्दा उनको साथबाट १ ग्राम ७३० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र २ लाख २२ हजार ८ सय ६५ नगद प्रहरीले बरामद गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा रहिस कबडियालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका ७ फूलबारी टोल बस्ने २९ वर्षीया प्रेम दमाई र २७ वर्षीया सुनिल थापालाई पनि प्रहरी पक्राउ गरेको छ । उनीहरू साथबाट शुद्ध ११० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद १ लाख १ हजार रुपैयाँ बरामद गरेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *