माओवादीले दुई महिने अभियान चलाउने – Nepal Press

माओवादीले दुई महिने अभियान चलाउने

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रले पार्टी संगठन सुदृढिकरणका लागि अभियान थाल्ने भएको छ ।

नेता देवेन्द्र पौडेलले दुई महिने अभियान सञ्चालन गरी संगठन सुढृढिकरणको अभियानमा पार्टीपंक्ति लाग्ने निर्णय शनिबारकाे बैठकले गरेकाे  बताए ।

उनले भने, ‘आजको बैठकमा पार्टी संगनठबारे छलफल भयो । २ महिनामा अभियानमा जाने निर्णय भएको छ । पार्टीका नेता कार्यकर्ता मात्रै होइन सबैलाई भेट्ने अभियान चलाउने । त्यसको रिपोर्ट केन्द्री समितिमा पेश गरेर नयाँ योजना बनाउने तयारी छ ।’

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन लगत्तै केन्द्रीय कमिटी बैठक बाेलाएर थप कार्ययोजना बनाइने उनले बताए ।

अभियान अन्तरगत चुनाव समीक्षासँगै चुनावमा भएका घात अन्तरघातका बारेमा सबै तहमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए ।

सबै तहका कमिटीहरु अभियानमा परिचालन हुने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर