नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु (तस्बिरहरु)

२०७९ माघ २१ गते १२:३७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।
आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछ ।
बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछ । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ ।
तस्बिरहरु : गौरव पौडेल
प्रतिक्रिया