सबै निजी र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियूको माग – Nepal Press

सबै निजी र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियूको माग

काठमाडौं । नेकपा (एस) निकट अनेरास्ववियूले देशका सबै निजी तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाललाई ज्ञापन-पत्र बुझाएको छ ।

थापाथलीस्थित संघको केन्द्रीय कार्यालयमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले संघका अध्यक्ष रमेश सिलवाललाई उक्त ज्ञापन-पत्र हस्तान्तरण गरेको हो ।

लामो समय स्ववियु निर्वाचन नहुदा विद्यार्थी आफ्ना अधिकारबाट बन्चित भएको र विद्यार्थीहरुको आफूले नेतृत्व गर्ने बाटोमा अवरोध खडा भएको पत्रमा उल्लेख छ । साथै शिक्षा क्षेत्रमा भएको चर्को मूल्य वृद्धिको पनि संगठनले विरोध गरेको छ ।

ज्ञापन पत्र बुझ्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवालले शिक्षित जनशक्ति पलायनले देशको ठूलो धनराशी प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाहिरिएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष सिलवाल अनेरास्ववियूको मागप्रति सकारात्मक रहेको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

 


प्रतिक्रिया

One thought on “सबै निजी र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन गराउन अनेरास्ववियूको माग

  1. यो अनेरास्ववियुको कहि अस्तित्व छ र ? हामी पनि छौं भनेर कहि कतै थर्काएर लुटने बाहेक यसको के अस्चित्व ? यसलाई माग राख्ने अधिकार कसले दियो ? यो चुनमव भाँडन हिडिरहेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर