कालिकोटमा मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुँदा एकजनाको मृत्युु


कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
खाडाचक्र नगरपालिका मान्म बजारदेखि तिलागुफा नगरपालिका गाल्जेमा सत्यदेवीको मेला हेर्न जाँदा नगरपालिका खल्लागाड नजिकै अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका-४ का बिर्ख बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
भे १ ह ५९२२ नम्बर अटो खल्लागाडको तल्लाे मोडमा अटो दुर्घटना भएको थियो ।
उक्त अटोमा चालकसहित ४ जना सवार थिए । घाइतेको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा भएर डिस्चार्ज गरिएको रिमालले जानकारी दिए ।