देशको फाइदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी (भिडिओ) – Nepal Press

देशको फाइदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी (भिडिओ)

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गरेका छन् ।

देशलाई फाइदा हुनेगरी हरेक निकायले त्यसको ठिक ढंगले प्रयोग गर्नुपर्ने मुख्यसचिव बैरागीको भनाई थियो । मुख्यसचिव बैरागीले सूचना प्रविधिको सही प्रयोग नभए त्यो हरेकका लागि खतरानाक सावित हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको पनि औंल्याए ।

उनले सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

‘यो डाटा म्यानेजमेन्टलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौति हाम्रो अगाडि छ । १० ठाउँमा डाटाहरु छरिएका छन । हामीसँग एकीकृत सूचना प्रणाली अहिले पनि बनेको छैन । नागरिकले एकै खालको विवरण लिन दश ठाउँमा अहिले पनि जानुपर्ने अवस्था छ’, बैरागीले भने ।

उनले अगाडि थपे, ‘लाईसेन्स पनि त्यही बुझाएको छ । परिचय पत्र पनि त्यही बुझाएको छ । पासपोर्ट पनि त्यही बुझाएको छ । पासपोर्ट पनि त्यही बुझाएको छ । जहाँ जाउ, एउटै सूचना १० ठाउँ बुझाउनु परेको छ । त्यसकारण सबै भन्दा ठूलो कुरा अरु नगरीकन त्यो सिष्टमलाई एकीकृत गर्नु पर्यो । त्यसो भएपछि एक ठाउँमा सूचना दिएपछि जसलाई जे चाहियो, सिष्टमले त्यसैले काम गर्छ । विभिन्न ठाउँमा एउटै सूचना दिन पर्दैन । हामी सूचनामा सेक्युर छैनौं । चुनौती त्यहाँनिर हो । त्यसकारण कसरी सेक्युर बनाउने सूचना प्रणालीलाई भन्ने छ । जसले सूचना प्रणाली चलाउँछ, ऊ पारदर्शी पनि हुनुपर्छ । आईसिटीको प्रयोगले समग्रमा भन्दा जनतालाई इम्पावर गर्ने हो । प्रणालीलाई व्यवस्थित बनाउने हो । प्रभावकारी बनाउने हो, पारदर्शी बनाउने हो । सरकारलाई सुशासनयुक्त बनाउने हो । यस दिशामा हामी लागौं भन्न चाहन्छु । सूचना प्रविधिको ठिक ढंगले प्रयोग गरौं । त्यसलाई जथाभावी गर्न हुन्न है भन्न खोजेको पनि हो । सही प्रयोग सही कामका लागि गर्नु पर्छ भन्ने हो । यसबाट फाईदा लिने कुरामा ध्यान दिनुपर्दछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर