नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै प्रतिपक्षमा बस्न बाध्य छौं : केसी (भिडिओ) – Nepal Press

नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै प्रतिपक्षमा बस्न बाध्य छौं : केसी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सहि निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका हुन् । नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हतारो नभएको पनि बताए । उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे । सभामुख, प्रधानमन्त्री विभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउदा वृहत शक्तिसन्तुलन हुने उनले दाबी गरे ।

उनले गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे । केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरुलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए । ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरुले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।

नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताए । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमती निर्माण गर्नुपर्नेमा उनको जोड छ ।


प्रतिक्रिया

One thought on “नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै प्रतिपक्षमा बस्न बाध्य छौं : केसी (भिडिओ)

  1. हेर पिर ! प्रतिपक्षमा बाध्य भएर बस्नुपरेकाले देश लुटन पाईएन भन्ने परेको छ काँग्रेसलाई ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर