अन्नपूर्णको काखमा खिचिएको ‘पिरती’ को भिडिओ सार्वजनिक – Nepal Press

अन्नपूर्णको काखमा खिचिएको ‘पिरती’ को भिडिओ सार्वजनिक

काठमाडौँ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ ।

पर्यटकीय नगरी घान्द्रुकमा छायांकन गरिएको भिडिओमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगरको नृत्य रहेको छ ।

भिडिओमा प्रेममा परेपछिको खुशीलाई रोमान्टिक कहानीमार्फत प्रस्तुत गरिएको छ । निर्देशक मौसम हिमालीले भिडिओलाई कलात्मक शैलीमा पस्किएका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडिओको छायांकन पवन सुसलिङले गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर