कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त

२०७९ माघ २० गते १६:१५

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्ने मुख्य न्यायाधिवक्ता खड्कालाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परिवारले नियुक्त गरेका हुन् ।
खड्कालाई मुख्य न्यायाधीश माधवप्रसाद पाेखरेलले पद तथा गाेपनियताकाे शपथ ग्रहण पनि गराएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर