नारायणकाजी श्रेष्ठ नेकपा एसको कार्यालयमा, माधव नेपालसँग छलफल – Nepal Press

नारायणकाजी श्रेष्ठ नेकपा एसको कार्यालयमा, माधव नेपालसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका छन् । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्न श्रेष्ठ आलोकनगरस्थित पार्टी कार्यालयमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै श्रेष्ठ माधव नेपाललाई भेट्न गएको स्रोतको दाबी छ । दुई नेताबीचको छलफलमा नेकपा एसका उपमहासचिव डा.गंगालाल तुलाधर पनि सहभागी छन् । यसअघि नेकपा एसका उपमहासचिव डा.विजय पौडेल विहीवार माओवादी बैठक चलिरहेका बेला पेरिसडाँडा पुगेका थिए ।

दुई पार्टीबीच एकताका लागि दस्तावेज आदान प्रदान भइरहे पनि श्रेष्ठ सो जिम्मेवारीमा छैनन् । नेकपा एसलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्रीले चाहेका छन् । तर नेकपा एमालेले नचाहेसम्म एसलाई भित्र्याउन नसकिने माओवादी नेताहरु बताउँछन् ।

नेकपा एसका अध्यक्ष नेपाल माओवादीलाई एमालेसँगको गठबन्धनबाट पूरानै गठबन्धनमा फर्काउन प्रयासरत छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर