प्यान कार्ड लिनेको संख्या ५२ लाख नाघ्यो

२०७९ माघ २० गते १५:४४

काठमाडौं । प्यान नम्बर लिनेको संख्या ५२ लाख नाघेको छ । अर्थमन्त्रालयका अनुसार पुस मसान्तसम्म दर्ता भएका प्यान ५२ लाख ९ हजार ७ सय ५९ पुगेको छ । सबैभन्दा धेरै व्यक्तिगततर्फ ३३ लाख ४५ हजार ६४७ प्यान दर्ता भएका छन् ।
त्यस्तै, १८ लाख ४० हजार ४५० जनाले व्यवसायकि प्यान नं लिएका छन् । अग्रिम करकट्टी प्रयोजनका लागि दर्ता भएका प्यान २३ हजार ६६४ पुगेको अर्थमन्त्रालयले जनाएको छ । मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाता ३ लाख ३ हजार ८६७ पुगेको छ ।
अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख १८ हजार ८९१ पुगेका छन् ।
प्रतिक्रिया