भ्वाइस अफ नेपाल ४ विजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय – Nepal Press

भ्वाइस अफ नेपाल ४ विजेता करणको पहिलो गीत ‘चङ्गा’ सार्वजनिक, दयाहाङको अभिनय

काठमाडौं। ‘भ्वाइस अफ नेपाल सिजन ४’को बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् ।

‘चङ्गा’ करण भ्वाइस अफ नेपालमा जानु अगावै सार्वजनिक गरिएको एल्बम ‘द काईट्स’ मा समावेश गरिएको एक गीत हो। गीतमा निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको संगीत रहेको गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ ।

अनिल सुब्बाले निर्देशन गरेको भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भिडियोमा दयाहाङसँग करणपनि देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर