ललितपुरको सिकाली मन्दिरमा पुजा गर्दै ‘नम्बरी सुन’को छायांकन सुरु – Nepal Press

ललितपुरको सिकाली मन्दिरमा पुजा गर्दै ‘नम्बरी सुन’को छायांकन सुरु

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’को ललितपुरस्थित सिकाली मन्दिरमा पुजा गर्दै छायांकन थालिएको छ । शुक्रबार सिनेमाको एक गीत सुटिङ गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने सिनेमामा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामिछाने नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य सहायक निर्देशनमा जिबन गौतम रहेका छ्न् भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *