ट्रक जुध्दा झापामा दुईजनाको मृत्यु

२०७९ माघ २० गते ९:३९

सांकेतिक तस्विर
विराटनगर । झापाको शिवसताक्षीमा दुईवटा ट्रक जुध्दा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शुक्रबार बिहान ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ट्राफिकका अनुसार ना. ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सह चालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।
पश्चिमबाट पूर्व जाँदै गरेको ना. ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना. ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर