स्राेत नखुलेकाे २० लाख रुपैयाँसहित वीरगन्जबाट एकजना पक्राउ

२०७९ माघ १९ गते १९:१२

सांकेतिक तस्वीर
काठमाडौं । प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँ रकमसहित पर्साको वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको विश्रामपुर-४ का श्यामकिशोरप्रसाद शाह रहेका छन् ।
उनको साथबाट एक हजार दरका १६ सय थान र ५ सय दरका ८०० थान नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर